५० हजार घुस लिने सव-इन्जिनियर लामिछाने पक्राउ

679
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई पक्राउ गरेको छ ।

पर्यटन विकास आयोजना बाग्मति प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर लामिछानेले सेवाग्राहीसँग पैसा लिँदै गर्दा पक्राउ गरेको हो ।

निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा लामिछानेलाई सेवाग्राहीबाट ५० हजार रूपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा निजको कार्यालय परिसरबाट उक्त रकमसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।