विप्लवले भने- आजका दिनमा देशमा कोही पनि सुरक्षित छैन, फेरि एकपटक जनतामा जाऔं



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आजका दिनमा देशका कोही पनि सुरक्षित नभएको बताएका छन् । शुक्रबार राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले देशमा कोही पनि सुरक्षित नभएको बताए ।

उनले भने, ‘आज पनि दलित र उत्पीडत समूदाय सुरक्षित छैन । त्यसैले जनता वा श्रमजीविको प्रतिनिधि हुनुपर्छ । संविधान निर्माणमा हामी सहमत भएनौं, संसदीय व्यवस्थामा हामी सहमत भएनौं । र, हामीले आफ्नो तर्फबाट बिद्रोह गरेर अगाडि बढ्यौं ।’

नेपालमा आज कसैले पनि सुरक्षित हुने स्थिती नभएको भन्दै उनले सबै पार्टी र जनतालाई आफै हावी भइरहेको अवस्था नभएको बताए । हरेक घटनाक्रममा ठूलो तरंग छ । हामी त झुपडीभित्र बसेर आयौं, त्यो झुपडीमा पनि त्यो अवस्था छ । देश, समाज र विश्वमा रहेका नेपालीमा पनि त्यो अवस्था रहेको उनको भनाइ छ ।

त्यसैले एकपटक फेरि जनताबाट जनमत बटुल्ने वातावरण बनाउनु आवश्यक रहेको उनले बताए । उनले दलालपुँजीवादबाटै ग्रसित हुने अवस्था रहेको बताए ।

‘जनताले सोच्न पाउने अवस्था नै छैन । यो परिवेशलाई अन्त्य गर्नका लागि नेपाली जनतालाई त्यो अधिकार दिनुपर्ने अवस्था छ । नेपालको भविष्यबारे जनतालाई त्यो अधिकार एकपटक दिनु नै पर्छ,’ उनले भने । यो विश्वमा युद्ध गर्ने कम्युनिष्ट नै हो । जुन दिन कम्युनिष्टले युद्ध जित्न त्यो दिन संसारमा हतियारको आवश्यकता पर्दैन ।

उनले तीन बुँदे सहमतिलाई इमान्दारितापूर्वक पालना गरिने समेत बताए ।


क्लिकमान्डु