गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशियाको क्यूआर भुक्तानी सेवा



काठमाडौं । नगदरहित कारोबारलाई बिस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर कोड भुक्तानी सेवा उपलब्ध गराएको छ ।

यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

बैंकले सजिलो अकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको शुरुवात गरेको छ । जसमार्फत् कम्प्युटरको स्क्रिनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् ।

फोन पेमा आबद्ध बैंकका ग्राहक महानुभावहरूले डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित बिराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाबाट क्यूआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।


क्लिकमान्डु