तालबाराही मन्दिरमा प्रभु बैंकले राख्यो क्यूआर कोड, स्क्यान गरेरै दान गर्न पाइने



पोखरा । प्रभु बैंकले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

फेवातालको बीच भागमा रहेको बाराही मन्दिरमा शुक्रबार एक कार्यक्रम गरी क्यूआर कोड मन्दिर परिसरभित्र राखिएको हो । अब मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले क्यूआर कोड स्क्यानमार्फत् सजिलै भेटी दान गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरी प्रसाद भट्टराई तथा बैंकका गण्डकी प्रदेशका प्रमुख ब्यापार केन्द्रीय अधिकृत शान्ति शेरचन, प्रादेशिक प्रमुख बीरेन्द्र भट्टको उपस्थिती थियो । साथै बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारीले कार्यक्रम संयोजन गरेका थिए ।

नगद कारोबारलाई बिस्तारै बिस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोवारलाई वढावा दिने नेपाल राष्ट्र बैँकको नीति बमोजिम उक्त सेवाको शुरुवात गरिएको हो ।

उक्त अवसरमा क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकका प्रमुख ब्यापार केन्द्रीय अधिकृत शान्ति शेरचनले जानकारी गराए ।

बैंकका हाल २१३ वटा शाखा, ५८ वटा एक्सटेन्सन काउण्टर छन् भने करिब १६ लाख ग्राहक छन् ।


क्लिकमान्डु