मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्ड वाहकलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालिटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुराँमा खाना तथा परिकारमा १० प्रतिशतसम्म छुट पाउने छन् । साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुराँ सञ्चालित छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्सआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु