अमेरिकाले म्यानमारको सेनालाई १ अर्ब डलर निकाल्नबाट रोक्यो



लोकतन्त्रको समूल नष्ट गर्ने अभिप्रयाले गलत कदम चालेपछि संसारका कुनै न कुनै स्थानमा समस्यामा पर्दो रहेछ भन्ने कुरा म्यानमाको सेनाले थाहा पाएको हुनसक्छ ।

जननिर्वाचित संस्थालाई कू गर्ने, शक्तिको बलमा सत्ता हत्याउने र लोकतन्त्रमाथि धावा बोल्ने जो कोहीलाई घरेलु रुपमा सहज भएपनि अन्तर्राष्ट्रियरुपमा भने अनेकन उल्झन व्योहोर्नुपर्छ भन्ने देखिएको छ ।

म्यानमारको सेनाले एक महिना पहिले त्यहाँको जननिर्वाचित संसद, त्यका राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीलाई नजरबन्दमा राख्यो । सडकमा सेनाका बख्तरबन्द गाडी कुदाइए ।

सेनाको कदमका विरुद्ध सो देशका नागरिकले विद्रोह गरिरहेका छन् । सेनाको गोली लागेर एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको समाचार आइरहेको बेला त्यहाँको सेनालाई अप्ठ्यारो पर्ने गरी अमेरिकी सरकारले बैंकमा रहेको पैसा समेत निकाल्न नमिल्ने बनाइदिएको छ ।

अमेरिककाको फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको १ अर्ब डलर निकाल्न रोक लगाइदिएको छ । प्रजातन्त्रमाथि कू गरेको र मानव अधिकारको उल्लंघन गरेको पाइएपछि अमेरिकाले पैसा किनाल्न रोक लगाएको हो ।

अमेरिकाले म्यानमारका सैनिक जनरलहरूमाथि प्रतिबन्ध नलगाएको भए पनि उक्त रकम निकाल्न यसअघि नै रोकिएको थियो । किनकी, त्यो पैसा प्रयोग गरेर म्यानमारका नागरिकमाथि थप दमन हुने अमेरिकी बुझाइ रहेको छ ।

सेनाले कू गरेर सत्ता हातमा लिएपछि नै अमेरिकालगायतका पश्चिमा मुलुकले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले म्यानमारको सेनालाई शान्ति र अमनचयन कायम राख्दै जननिर्वाचित संस्थालाई सत्ता हस्तान्तरण गर्न भनिरहेको छ । तर, सेनाको कदम त्यसतर्फ केन्द्रित रहेको छैन ।

अमेरिकाले सेनाले कूमार्फत् सत्ता हातमा लिएको र त्यसको विरोधमा उत्रिएका आनदोलनकारीमाथि चरम दमन गरेको भन्दै बैंकमा रहेको पैसा निकाल्न नदिने गरी प्रतिबन्ध लगाइदिएको छ । अमेरिकाले लोकतन्त्रको रक्षाका लागि यो कदम पनि एउटा भएको बताएको छ ।

पश्चिमा सञ्चार माध्यमहरुले अमेरिकको कदम म्यानमारको हकमा सही भएको भन्दै समाचार विवरणहरु सार्वजनिक गरेका छन् । म्यानरमा भएको सैनिक कूको विरोधमा अमेरिकी राष्ट्रपति जो वाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कूमा लागेका सैनिक जनरललाई प्रतिबन्ध नै लगाइदिएका थिए ।

म्यानमारमा भएको सैनिक कूको विरोधमा अमेरिका, बेलायत, क्यानडा, यूरोपेली संघलगायतले यसअघि नै प्रतिबन्धको घोषणा गरेका छन् । उनीहरुले जुन्ता सरकारलाई कुनै पनि मान्यता नदिने बताएका छन् ।

सेनाको गोली लागेर झण्डै ६० जानको ज्यान गएको छ । सेनाले झण्डै २ हजार प्रदर्शनकारीलाई पक्राउ गरेको छ । यस्तै, अन्य देशले समेत म्यानमारका नाममा रहेको कुनै पनि विदेशी बैंकबाट पैसा निकाल्न दिन नहुने र अन्य खालका थप प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ ।


क्लिकमान्डु