खुद नाफाको वृद्धिदर ७ महिनामा सबैभन्दा धेरै कुमारी बैंककाे,१५ वटाको घट्यो, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा अधिकांश वाणिज्य बैंकको खुद नाफा घटेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत आवको माघ मसान्तसम्मको तुलनामा १६ वटा बैंकको खुद नाफा घटेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक बैंक तथा वित्त कम्पनीहरुको चालु आर्थिक वर्षको माघ महिनासम्मको वित्तीय विवरणअनुसार बैंक तथा वित्त कम्पनीले कुल ४० अर्ब ६० करोड ६० लाख रुपैयाँ खुुद नाफा आर्जन गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकहरुले ३७ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुले ३ अर्ब ७८ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ८६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आवको माघ मसान्तको तुलनामा विकास बैंक र वित्त कम्पनीहरु सबैले नाफामा वृद्धि गरेका छन् । तर सो अवधिमा १२ वटा वाणिज्य बैंकको मात्र खुद नाफा बढेको छ ।

नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा नाफा बढाउने पहिलो नम्बरमा कुमारी बैंक छ भने सबैभन्दा थोरै नाफाको वृद्धिदर सनराइज बैंकको छ ।

साथै, गत आवको माघ मसान्तको तुलनामा सबैभन्दा बढी नाफा घटाउने बैंकमा हिमालयन बैंक र सबैभन्दा थोरै नाफा घटाउनेमा सानिमा बैंक रहेको छ ।

कुन बैंकले कतिले बढाए ७ महिनामा खुद नाफा
गत आवको माघ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा १२ वटा वाणिज्य बैंकको खुद नाफा ०.१४ प्रतिशतदेखि ६८.०३ प्रतिशतसम्म खुद नाफामा बृद्धि भएको छ ।

कुमारी बैंकः गत आवको माघ मसान्तसम्म बैंकले ८८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा ६८.०३ प्रतिशत अर्थात् ६० करोड २७ लाख रुपैयाँले बढाएर १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंकः गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा ३७.५२ प्रतिशत अर्थात् ५७ करोड ८७ लाख रुपैयाँ थप गरी २ अर्ब १२ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ११ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा ३५.१८ प्रतिशत अर्थात् ३९ करोड १० लाख रुपैयाँले वद्धि गरी १ अर्ब ५० करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकः गत आवको माघ मसान्तमा २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा २८.७२ प्रतिशत अर्थात् ६० करोड ३२ लाख रुपैयाँले बढाएर २ अर्ब ७० करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंकः  गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २७.६८ प्रतिशत अर्थात् ३४ करोड ३४ लाख रुपैयाँले बढाएर १ अर्ब ५८ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकः गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २७.६० प्रतिशत अर्थात् ३७ करोड ९७ लाख रुपैयाँले बढाएर १ अर्ब ७० करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंकः गत आवको माघ मसान्तसम्म बैंकले ६८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २६.२८ प्रतिशत अर्थात् १८ करोड ५ लाख रुपैयाँले बढाएर ८६ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकः गत आवको माघ मसान्तसम्म बैंकले ७९ करोड ६६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २३.७९ प्रतिशत अर्थात् १८ करोड ९५ लाख रुपैयाँले बढाएर ९८ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंकः गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २.२७ प्रतिशत अर्थात् ४ करोड ३६ लाख रुपैयाँले बढाएर १ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः गत आवको माघ मसान्तसम्म बैंकले २ अर्ब ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २.१० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँले बढाएर २ अर्ब १२ करोड ६ लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकः गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा १.६७ प्रतिशत अर्थात् २ करोड ९ लाख रुपैयाँले बढाएर १ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकः गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा ०.१४ प्रतिशत अर्थात् १५ लाख रुपैयाँले बढाएर १ अर्ब ९ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ ।

खुद नाफा घटाउने बैंकहरु, कुनको कतिले घट्यो ?
गत आवको माघ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा १६ वटा वाणिज्य बैंकको खुद नाफा ३.१३ प्रतिशतदेखि ५६.७६ प्रतिशतले घटेको छ ।

हिमालयन बैंकः गत आवको माघ मसान्तसम्ममा हिमालयन बैंकले १ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा ५६.७६ प्रतिशत अर्थात् ९७ करोड ३५ लाख रुपैयाँले घटएर ७४ करोड १५ लाख रुपैयाँमा सीमित गरेको छ ।

नेपाल एसबीआइ बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब १७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४६.६५ प्रतिशत अर्थात् ५४ करोड ९८ लाख रुपैयाँले घटेर ६२ करोड ८८ लाख रुपैयाँमा सीमित गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ४० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४१.५८ प्रतिशत अर्थात् ५८ करोड ४९ लाख रुपैयाँले घटेर ८२ करोड १८ लाख रुपैयाँमा सीमित गरेको छ ।

एभरेष्ट बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ७७ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३५.७३ प्रतिशत अर्थात् ६३ करोड २७ लाख रुपैयाँले घटेर १ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा सीमित गरेको छ ।

सिभिल बैंकः बैंकले गत आवको माघ मसान्तसम्म ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २५.४२ प्रतिशत अर्थात् ९ करोड ६४ लाख रुपैयाँले घटेर २८ करोड २९ लाख रुपैयाँमा सीमित गरेको छ ।

सेञ्चुरी बैंकः बैंकले गत आवको माघ मसान्तसम्म ७५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २२.३६ प्रतिशत अर्थात् १६ करोड ७९ लाख रुपैयाँले घटेर ५८ करोड ३० लाख रुपैयाँमा सीमित गरेको छ ।

एनसीसी बैंकः बैंकले गत आवको माघ मसान्तसम्म ९१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २१.५३ प्रतिशत अर्थात् १९ करोड ७७ लाख रुपैयाँले घटेर ७२ करोड ५ लाख लाख रुपैयाँमा सीमित गरेको छ ।

बैंक अफ काठमाण्डूः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २१.४४ प्रतिशत अर्थात् २२ करोड ४३ लाख रुपैयाँले घटेर ८२ करोड २१ लाख रुपैयाँमा सीमित गरेको छ ।

एनआइसी एशिया बैंकः बैंकले गत आवको माघ मसान्तसम्म २ अर्ब २९ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १९.५४ प्रतिशत अर्थात् ४४ करोड ८४ लाख रुपैयाँले घटेर १ अर्ब ८४ करोड ६८ लाख रुपैयाँमा सीमित गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकले गत आवको माघ मसान्तसम्म २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १५.६० प्रतिशत अर्थात् ३६ करोड ५६ लाख रुपैयाँले घटेर १ अर्ब ९७ करोड ८५ लाख रुपैयाँमा सीमित गरेको छ ।

लक्ष्मी बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १०.७६ प्रतिशत अर्थात् १० करोड ८१ लाख रुपैयाँले घटेर ८९ करोड ७५ लाख रुपैयाँमा सीमित गरेको छ ।

कृषि विकास बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ९.५८ प्रतिशत अर्थात् १६ करोड ९ लाख रुपैयाँले घटेर १ अर्ब ५२ करोड ३ लाख रुपैयाँमा सीमित गरेको छ ।

नबिल बैंकः बैंकले गत आवको माघ मसान्तसम्म २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ६.१३ प्रतिशत अर्थात् १५ करोड ५७ लाख रुपैयाँले घटेर २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँमा सीमित गरेको छ ।

माछापुच्छ्रे बैंकः बैंकले गत आवको माघ मसान्तसम्म ९३ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४.६४ प्रतिशत अर्थात् ४ करोड ३३ लाख रुपैयाँले घटेर ८९ करोड ३ लाख रुपैयाँमा सीमित गरेको छ ।

सानिमा बैंकः बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३.१३ प्रतिशत अर्थात् ४ करोड ११ लाख रुपैयाँले घटेर १ अर्ब २७ करोड ५७ लाख रुपैयाँमा सीमित गरेको छ ।


क्लिकमान्डु