मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित मेयर कप पुरुष ९एक दिवसीय० २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष ९एक दिवसीय० २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरी सहभागी ५ टाली छन् ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानबाट पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।


क्लिकमान्डु