सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८७ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ थियो भने बुधबार ३५ रुपैयाँ बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु