फागुनको १४ दिनमै ९ वाणिज्य बैंकको निक्षेप ८ अर्ब ६३ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?



काठमाडौं । फागुन लागेसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा निक्षेप संकलन भने घटाइरहेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले २३ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन थप गर्दा ४४ अर्ब ४६ करोड रुपैयाँ फागुनको १४ दिन अर्थात् माघ मसान्तदेखि फागुन १४ गतेसम्म थप गरेका छन् ।

सो अवधिमा ९ वटा वाणिज्य बैंकको भने निक्षेप संकलन भने १३ करोड रुपैयाँदेखि २ अर्ब ४५ करोड रुपैयाँसम्म घटेको छ । साथै सो अवधिमा सेञ्चुरी बैंकको कर्जा २ करोड रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

सेञ्चुरी बैंकले माघ ३० गतेसम्म ७३ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । फागुन १४ गतेसम्म आइपुग्दा कार्जा प्रवाह २ करोड रुपैयाँले घटेर ७३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ ३० गतेदेखि फागुन १४ गतेबीचमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी र सिभिल बैंकको सबैभन्दा थोरैले निक्षेप घटेको देखिन्छ । साथै, सो अवधिमा नेपाल बैंक, प्रभु, कुमारी, सिटिजन्स, बैंक अफ काठमाण्डू, ग्लोबल र नेपाल इन्भेष्टमेण्ट बैंकको निक्षेप संकलन घटेको हो ।

यी ९ वाणिज्य बैंकहरुले माघ मसान्तसम्म कुल १३ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । फागुन १४ गतेसम्म आइपुग्दा ८ अर्ब ६३ करोड रुपैयाँले घटेर १३ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले माघ ३० गतेसम्म २ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा २ अर्ब ४५ करोड रुपैयाँले घटेर २ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै, नेपाल बैंकले माघ ३० गतेसम्म १ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुग्दा १ अर्ब ९६ करोड रुपैयाँले घटेर १ खर्ब ४८ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, प्रभु बैंकले माघ गतेसम्म १ खर्ब ६६ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा १ अर्ब ३६ करोड रुपैयाँले घटेर १ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै, कुमारी बैंकले माघ ३० गतेसम्म १ खर्ब २७ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा १ अर्ब २६ करोड रुपैयाँले घटेर १ खर्ब २६ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ ।

सिटिजन्स बैंकले माघ ३० गतेसम्म १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा ५८ करोड रुपैयाँले घटेर १ खर्ब ७ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै, बैंक अफ काठमाण्डूले माघ ३० गतेसम्म ९४ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा ३९ करोड रुपैयाँले घटेर ९४ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ ।

ग्लोबल आइएमई बैंकले माघ ३० गतेसम्म २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा ३१ करोड रुपैयाँले घटेर २ खर्ब ५३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै, नेपाल इन्भेष्टमेण्ट बैंकले माघ ३० गतेसम्म १ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा १९ करोड रुपैयाँले घटेर १ खर्ब ६८ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ ।

सिभिल बैंकले माघ ३० गतेसम्म ७८ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन १४ गते आइपुगदा १३ करोड रुपैयाँले घटेर ७८ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु