सपिङसाइट स्मार्टडोकोले ल्यायो मोबाइल एप



काठमाडौं । नेपाली ई–कमर्स कम्पनी स्मार्टडोकोले एप सार्वजनिक गरेको छ । ग्राहकलाई सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले नयाँ एप सार्वजनिक गरेको हो ।

स्मार्टडोको एक अनलाइन सपिङ साइट हो । जसमा विभिन्न प्रकारका सामानहरु ग्राहकले बिना झन्झट एक क्लिकमै खरिद गर्न सक्छन् ।

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः शुरु गरेको थियो । स्मार्टडोकोसँग अहिले १० हजारभन्दा बढी सामानहरु छ र यसले हरेक दिन आकर्षक बिक्री र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

कम्पनीले ग्राहकका लागि रिंगरोडभित्र निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ भने हरेक खरीदमा रिवार्ड प्वाइन्छ, खरिदमा भारी छुट र छुट कुपनहरू उपलब्ध गराएको छ भने सामान मन नपरेमा सजिलै रिटर्न गर्न पनि सकिनेछ । सामान खरिद गरिसकेपछि भुक्तानीका लागि ग्राहकले नगद, कार्ड, सेलपे, ई–सेवा, मास्टरकार्डलगायतको प्रयोग गर्न सक्छन् ।


क्लिकमान्डु