मालपोत कार्यालयको गुनासो टोल फ्रिमार्फत् निःशुल्क सुनुवाइ हुने



काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा टोल फ्रि (निशुल्क) रुपमा गुनासो सुनुवाई हुने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सुचना जारी गर्दै नागरिकहरुको गुनासो, समस्या तथा जिज्ञासालाई सम्बोधन गर्ने भएको जनाएको हो । साथै, विभागले तोके बमोजिमको ढाँचामा फ्लेक्स प्रिन्ट तयार गरी हरेक कार्यालयमा सेवाग्राहीले देख्ने गरी राख्न अनुरोध गरेको छ ।

त्यसैगरी गुनासोका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको टोल फ्रि टेलिफोन नम्बर १६६०११२२६६६ गर्ने सक्नेछन् । साथै, प्रवक्ता जनकराज जोशी ([email protected]), सूचना अधिकारी टोलराज उपध्याय ([email protected]) र जनगुनासो संजिव नेपाल ([email protected]) गुनासो राख्न सक्नेछन् ।

त्यस्तै, विभागअन्तर्गत प्रवक्ता गुरुदत्तको फोन नम्बर ०१४–४२२००२८ (एक्स्टेन्सनः १०३) र सुचना अधिकारी विष्णु कुमार महत ०१–४२२३०४९ (एक्टेन्सनः १०८) अथवा ९८४००६४८७२ मा फोन गरेर गुनासो राख्न सक्नेछन् । साथै, भूमिसुधार तथा मालपोत कार्यलयमा सुचना अधिकारीलाई गर्न सक्ने विभागले जनाएको छ ।


क्लिकमान्डु