सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । गत सोमबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य आज (सोमबार) प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु