नेपाल–भारत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सौर्य राणाको निधन



काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सौर्य राणाको निधन भएको छ ।

आइतवार राणाको उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्य जाँचबाट मुटुमा समस्या देखिएपछि सर्जरीको लागि २०७७ साल फागुन १२ गते बुधवार भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई बिहीवार शल्यकृया सम्पन्न भएकोमा पछि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा आज बिहान आईतवार बिहान निधन भएको हो ।

राणाले सन् २०१३ अगष्ट ६ देखि नेपाल भारत उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेका थिए महासचिव हुँदै सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल अध्यक्षको रुपमा काम गरेका थिए ।

उनको कार्यकालमा नेपालका उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरुलाई एकै ठाउंमा राखेर नेपाल–भारत उद्योग वाणिज्य संग सम्वन्धित विषयबस्तहरु सँग सम्वन्धित सन्धी सम्झौताहरुको पूनरावलोकन लगायत नेपाली पक्षको हीतमा सुधार गरिनु आवश्यक बुंदाहरुमा छलफल तथा सम्बन्धित निकाय मार्फत त्यसको पहलकदमी गर्न भूमिका निभाएका थिए

राणाले बेलायतबाट बिजनेश एडिमिनिस्ट्रेसनमा स्नातक गर्नुभएको थियो भने उहांको बिशेष दख्खल मार्केटिड्डमा थियो ।

एक कुशल नेतृत्वकर्ताको निधनबाट संघले ठूलो अपूरणीय क्षति विज्ञप्ती नेपाल भारत उद्योग वाणिज्य संघले निकालेको छ ।


क्लिकमान्डु