अम्बे स्टील्सद्वारा डिलर सम्मेलन २०७७ सम्पन्न



काठमाडौं । अम्बे स्टील्स्ले  नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टिएम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढी कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।

सम्मेलनमा उपस्थीत सम्पूर्णलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भने, ‘यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।’


क्लिकमान्डु