तोकिएको स्प्रेडदरको सीमा नाघ्ने बैंक तथा वित्तीय संस्थाका सीइओ र सञ्चालकलाई कारबाही गरिने



काठमाडौं । ब्याजदर अन्तरदर (स्प्रेडरेट) कढाउने बैंक तथा वित्त कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी निर्देशकलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन थप गरी सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई ४.४ प्रतिशत विकास बैंक र वित्त कम्पनीलाई ५ प्रतिशत स्प्रेडदर तोकेको छ । सो सीमा कुनै पनि महिनाको नाघेमा त्रैमासको अन्त्यसम्म सीमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तर त्रैमासको अन्त्यसम्म पनि तोकिएको सीमामा नल्याउने संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाहीमा पर्ने उल्लेख छ ।


क्लिकमान्डु