सुनको मूल्य घट्ने क्रम कायमै, प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार पनि ५ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ८७ हजार ८ सय ५० कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ थियो भने आइतबार १० रुपैयाँ घटेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु