सामुदायिक विद्यालयमा लेखा विषय पढाउने शिक्षक संगठित, अध्यक्षमा बिष्णुप्रसाद ज्ञवाली



काठमाडौं ।  सामुदायिक विद्यालयमा लेखा विषय पढाउने शिक्षक संगठित भएका छन् । धुलिखेल शिक्षा तालिम केन्द्रमा भएको भेलाले सामुदायिक विद्यालय वाट उपस्थित शिक्षकहरुले नेपाल लेखा शिक्षक समाजको तदर्थ समिति गठन गरेका छन् ।

शिक्षकहरुको भेलाको सर्वसम्मतवाट ज्ञानोदय मावि बाफल काठमाडौका शिक्षक बिष्णुप्रसाद ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्ष प्रतिमा गौतम, सचिव श्याम श्रेष्ठ, कोषाध्यक्ष रविना महर्जन र सदस्यहरुमा टेक प्रसाद घिमिरे, डोपिन्द्र कुमार बस्नेत ,अनिता पौडेल , भिमसेन अधिकारी र सुर्य प्रसाद घिमिरे रहेका छन् ।

देशभरीका लेखा विषयका शिक्षकहरुलाई समेटेर शिक्षकको पेशागत हित अभिवृद्धि गर्ने, शिक्षण पेशालाइ मर्यादित बनाउने जस्ता कार्यमा केन्द्रित भइ कार्य अगाडि वढाउने अभिप्रायका साथ गठित यस समितिलाइ आवश्यक प्रकृया पूरा गरी कानुनी मान्यता प्राप्त रुपमा स्थापित गर्न तुरुन्तै पहल गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

यस्तै भेलामा उपस्थित शिक्षक माधव प्रसाद पन्तले लेखा विषयको पाठ्यक्रममा गर्नुपर्ने सुधारका लागि सुझाव प्रदान गर्न तथा लेखा विषयको अध्ययनलाई व्यवहारिक प्रयोग जोड्न आवस्यक पहल गर्नका लागि समितिको ध्यानाकर्षण गराए ।


क्लिकमान्डु