सुनको मूल्य घट्ने क्रम कायमै, प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घटेर ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बिहीबार ८८ हजार ३ सय ५० कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ थियो भने बिहीबार २० रुपैयाँ घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु