सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बिहीबार ८८ हजार ८ सय ५० कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ थियो भने बिहीबार १० रुपैयाँ बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु