सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८९ हजार ३ सय ५० कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ थियो भने बुधबार १५ रुपैयाँ घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु