संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्रै संसद बोलाउन आदेश (संक्षिप्त आदेश)



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैलसा गरेको छ । अदालतले आज यस्ते फैसला सुनाउँदै १३ दिनभित्रै संसद बोलाउन भनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेकमा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्ने निर्णय गरेपछि नेकपा २ खेमामा विभाजित भएको थियो ।

अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमा नेपाल र झलनाथ खनाल लगायत नेकपाको बहुमत केन्द्रिय सदस्यले केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही समेत गरिसकेका छन् ।


क्लिकमान्डु