दराज हाट बजार गेम खेली जित्नुहोस् १ रुपैयाँ ६ महिनाको डिशहोम फाईबर नेट प्याकेज



काठमाडौं । डिशहोमले फाइबर नेटको ६ महिनाको प्याकेज १ रुपैयाँ दिने भएको छ । कम्पनीले फागुन ११ देखि सुरु हुने दराज हाट बजारमा फाईबर नेटको प्याकेज खेल भाग लिएर १ रुपैयाँमा ६ महिनाको प्याकेज जित्ने अवशर दिएको हो ।

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईन मार्फत पनि खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु