आर्किटेक्चर स्टुडेन्टस डिजाइन प्रतियोगिताको विजेता घोषणा



काठमाडौं । एशियन पेन्ट्सले दि कलाइडोस्कोप आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२० को विजेताहरु घोषणा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एशियन पेण्ट्सको यो एक पहलकदमी अभियान हो । जसमा बि आर्कको अन्तिम समूहका विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बिको डिजाइन गर्नुपर्ने प्रोजेक्ट थियो र ५ जना विजेताहरुलाई २०७७ फागुन ९ गते पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण समारोहको प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरे ।

प्रथम पुरस्कार विजेता आइओइ, पूर्वाञ्चल क्याम्पसका शुभम कार्कीले एशियन पेन्ट्सको तर्फबाट ७० हजार रुपैयाँ र महानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै द्वितीय हुने भएकी आइआ.इ, थापाथली क्याम्पसकी सुनिता गुरुङ्गले एशियन पेन्ट्सको तर्फबाट ४० हजार रुपैयाँ र महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ प्राप्त गरिन् ।

तृतीय पुरस्कार विजेता आइओइ, थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एशियन पेन्ट्सको तर्फबाट ३० हजार रुपैयाँ र महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

सान्त्वना पुरस्कारको विजेताद्वय आइओइ, थापाथली क्याम्पसका दीप्गेस्ट कटुवाल र आइओइ, पुल्चोक क्याम्पसका विवेक हिमालयले दुवैले एशियन पेन्ट्सको तर्फबाट १० हजार र महानगरपालिकाको तर्फबाट १० हजार नगद पुरस्कार प्राप्त गरे ।

महानगरपालिकाले अन्य १० जना सहभागीहरुलाई पनि पाँच, पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ । विजेताहरुको चयन आर्किटेक्चर समाजका प्रसिद्ध आर्किटेक्चर इन्द्र बहादुर श्रेष्ठ, आर्किटेक्चर पूनम शाह, प्राध्यापक श्रीनिवास वीर सिंह कँसाकार, आर्किटेक्चर मिरा ज्ञवाली भट्टराई, आर्किटेक्चर सुरज खनाल र इन्जिनियर श्रीकुमार महर्जन रहनु भएको निर्णायक मण्डलले गरेको हो ।

प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस तथा इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


क्लिकमान्डु