नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता
काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैयाँ योगदान तथा नगरपालिकाद्वारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन ।
उक्त योजनामा सहभागी करिब ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगे पश्चात मासिकरुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागीता गराइएको छ ।
यस पेन्सन योजनाको बैकिङ पार्टनरका रुपमा एनआइसि एसिया बैंक रहेको छ ।
नगरपालिकाको यस कार्यक्रमलाई एनआइसि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ ।
पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व अन्र्तगत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए ।
सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए ।