युनाइडेट फाइनान्सका सीइओ मिश्रको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगीको प्रयास



काठमाडौं । युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय कुमार मिश्रको नाममा ठगीको प्रयास भएको पाइएको छ । उनको नाममा नक्कली फेसबुक अकाउण्ट बनाएर भारतका एक अज्ञात व्यक्तिले पैसा मागिरहेको सीइओ मिश्रले जानकारी दिए ।

सीइओ मिश्रले दिएको जानकारी अनुसार ती व्यक्तिले उनको नाममा फेसबुक अकाउन्ट बनाएर फेण्डलिस्टमा भएका सबैलाई रिक्वेस्ट पठाइरहेका छन् भने रिक्वेस्ट एक्सेप्ट गर्ने व्यक्तिसँग आफू अस्पतालमा भएको र आर्थिक समस्या भएको म्यासेज गरिरहेका छन् ।

अस्पतालको बिल भुक्तानीका लागि ती व्यक्तिले अजयकुमार मिश्रका सबै साथीहरुसँग ६० हजार रुपैयाँका दरले पैसा सहयोग मागेको पाइएको हो । सीइओ मिश्रको फेसबुक फ्रेण्डलिस्टमा भएका व्यक्तिलाई रिक्वेस्ट गर्दै पैसा माग्ने व्यक्तिलेभारतको एस बैंकको अकाउण्ट नम्बर दिने गरेका छन् ।

बैंक डिटेल हेर्दा ती व्यक्तिले आफ्नो नाम बन्दु इन्द्र महर राखिएको छ । उक्त व्यक्तिले भारतीइ एस बैंकमा खाता भएको भन्दै आइएफएससी ओर्ड एसबी ०००००२८ सहित ००२८७८५०००००३१५ अकाउण्ट नम्बरमा पैसा डिपोजिट गर्न भनेका छन् ।

समस्यामा परेको भन्दै पैसा सहयोग मागेपछि सीइओ मिश्रलाई साथीहरुले फोन गरेर सोधेपछि आफ्नो नाममा फेक अकाउण्ड बनाएर ठग्ने प्रयास भइरहेको थाहा भएको उनले बताए ।

‘अहिले कार्यालयको कामले म सर्लाही आएको छु, केही साथीहरुले फोन गरेर के समस्या भएर सहयोग चाहिएको सोधेपछि मात्र मेरो नाममा फेक अकाउण्ड बनाएर ठग्ने प्रयास भइरहेको थाहा भयो,’ उनले क्लिमाण्डूसँग भने, ‘संयोगवश म नेपालमा नै भएको हुँदा मेरो फोन बन्द थिएन, सोही कारणले साथीहरुले सहयोग रकम पठाउन अघि फोन गरेर सोधेर ठगिनबाट बच्नुभयो ।’

उनको नाममा फेक फेसबुक अकाउण्ट बनाएर पैसा ठगीको प्रसार गर्ने व्यक्ति भारतीय नागरिक भएको उनको अनुमान छ ।

यसरी आफ्नो नामबाट फेक अकाउण्ट बनाएर अज्ञात व्यक्तिले आफन्त तथा साथीभाइसँग पैसा ठग्ने प्रयास गरेपछि उनले प्रहरीमा उजुरी समेत गरिसकेको उनले बताए ।

साथै, आफ्नो नामको फेक अकाउण्टबाट पैसा सहयोग माग्ने आफू नहरेको जानकारी गराई ठगिनबाट बच्न समेत सूचित गराएका छन् ।

 


क्लिकमान्डु