टेस्लाका प्रमुख एलन मस्क कसरी भए सफलः यस्ता छन् ६ कारण



एलन मस्क, संसारभर नै उनको नाम नसुन्ने मानिस भेट्न मुस्किल नै होला । व्यवसायिक दुनियाँमा सबैभन्दा बढी सफल देखिएका मस्क कसरी त्यो स्थानमा पुगे भन्ने बारेमा पनि धेरैलाई चासो रहन सक्छ ।

किनकी उनका केही यस्ता शुत्र छन् जसले उनलाई सफलताको शिखरमा पुर्याएको छ । उनी आफनो कामलाई निरन्तर अगाडि बढाएको र कामलाई नै पूजा गरेको बताउँछन् ।

उनलाई आफनो सपना पूरा गर्नुपर्छ र अरुको नकारात्मक कुरामा ध्यान दिनुहुँदैन भन्नेमा राम्रो ज्ञान छ । उनले जे जस्ता उपाय आफनो सफलताका लागि लगाएका छन् ती आमरुपमा खास छन् ।

विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका प्रमुख रहेका मस्क कसरी सफलताको शिखरमा पुगे भन्ने बारेमा बीबीसले एउटा समाचार सामग्री प्रकाशित गरेको छ ।

टेस्ला र स्पेसएक्स उद्यमीको कुल सम्पत्ति वृद्धिका पछाडि इलेक्ट्रिक कार कम्पनीको सेयर मूल्यमा भएको वृद्धि पनि जोडिएको छ ।

आम मानिस सोच्छन्, त्यसोभए उनको सफलताको रहस्य के हो ?े बीबीसीले यसबारेमा समाचार बनाउन त्यसका एक संवाददाताले झन्डै एक घण्टा उनीसँग यस विषयमा छलफल गरेका थिए ।

उनको नयाँ माइलस्टोन पत्ता लगाउन अन्तर्वार्तालाई मिहिन तरिकाले लिने प्रयास गरिएको थियो । उनले आफनो व्यवसाय सफल हुनुको पछाडि खास खास कारण भने रहेका छन् । ती कारणहरुको बारेमा जान्ने कोशिस गरेका छौ ।

१) पैसा सबै थोक होइन
उनको आफनो व्यवसायमा मस्कको दृष्टिकोणमा केही फरक देख्न सकिन्छ । सन् २०१४ मा अन्तरवार्ता लिँदा थाहा थिएन कि मस्क के कति धनी थिए । उनले भनेका थिए कि यो नगद कतै एउटा थुप्रो हुन सक्छ । वास्तवमै उनले टेस्ला, स्पेसएक्स, र सोलरसिटीमा निश्चित संख्यामा मूल्य भएको तर बाजरमा त्यसको मूल्यको धारणा फरक पर्न सक्नेब ताएका थिए ।

उनलाई धन सम्पत्तिको मात्रैको खोजी केही छैन भन्ने लाग्छ । उनलाई कुनै पनि काम नैतिकवान र इमान्दारिताका साथ गरिन्छ भने त्यसले पक्कै पनि राम्रो नतिजा दिन्छ । उनका अनुसार यी भौतिक वस्तुहरु केवल चलाउने कुरा मात्र होइन, त्यसका पछाडि कुनै दृष्टिकोणले काम गरेको हुन्छ ।

अहिले उनको कार कम्पनी टेस्लाले असाध्यै राम्रो प्रदर्शन गरेको छ । सेयर बजारमा समेत राम्रो कमाइ गरिरहेको छ । गत वर्ष मात्रै ७०० बिलियन डलर बराबरको रहेको थियो । यसको मूल्यले फोर्ड, जनरल मोटर्स, बीएमडब्ल्यू, फक्सवागन र फियाट क्रिसलर खरिद गर्न सकिन्छ । अझै पनि फेरारी किन्नका लागि पर्याप्त समय बाँकी रहन्छ ।

धनी मान्छेले आफू र सम्पत्ति सकिने आशा गर्दैन भनिन्छ । तर, उनले भने अधिकांश पैसा निर्माण गर्न खर्च गर्छन् । यदि यस परियोजनाले आफ्नो सम्पूर्ण भाग्य खपत गर्यो भने आश्चर्यचकित हुनुपर्ने छैन ।

वास्तवमा बिल गेट्सजस्तै उनले पनि आफ्नो जीवनमा अर्बौ पैसा भएपनि असफलताको चिन्ताले सताइरहेको हुन्छ । किनभने पैसालाई राम्रो काममा प्रयोग गरिएन वा गरियो भन्ने कुरा पनि असाध्यै महत्वपूर्ण रहन्छ ।

२) चाहनाहरूको पछि लाग्नुहोस्
अन्तरिक्षको मंगल ग्रह सफलताको कुञ्जी हो भनेर एलन मस्कले विश्वास व्यक्त गर्छन् । तपाईं भविष्यमा राम्रा कुराहरु भएको हेर्न चाहनुहुन्छ ? उनी भन्छन्, ‘तपाईं यी नयाँ रोचक चीजहरू चाहनुहुन्छ जसले जीवनलाई राम्रो बनाउँछ ।’

उनले आफूलाई कम्पनी सेटअप गर्न सक्छन् भन्ने विश्वास थिएन । किनभने उनी निराश थिए । अमेरिकी अन्तरिक्ष कार्यक्रम बढी महत्वाकांक्षी नै थियो ।

‘मैले पृथ्वीबाट अगाडि बढ्ने र मंगल ग्रहमा एक व्यक्ति राख्ने, र चन्द्रमामा आधार बनाउने सोच राखेको थिए । त्यसका लागि प्रायः उडान गर्ने आशा गरेको रहेछु,’ उनले भने ।

जब त्यो भएन, उनले ‘मार्स मिसन’का लागि नै नयाँ सोच बनाए । रातो ग्रहमा सानो हरितगृह पठाउने लक्ष्य थियो त्यो । तत्कालिन समयमा मानिसहरूलाई फेरि अन्तरिक्षबारे उत्साहित बनाउनु उनको सोच थियो । उनले यसका लागि अमेरिकी सरकारलाई नासाको बजेट बढाउन राजी गराउनु थियो । अन्तरिक्ष प्रविधि यसको आवश्यकताभन्दा धेरै महँगो थियो ।

यही सोचले विश्वको सबैभन्दा सस्तो रकेट प्रक्षेपण व्यवसायको जन्म भएको थियो । र, यहाँ महत्वपूर्ण विषय यो थियो कि यसको उत्पत्ति पैसा कमाउने बारेमा विल्कुल थिएन । तर एक अन्तरिक्ष यात्रीलाई अवतरण गर्ने बारेमा भने थियो । मस्कले आफूलाई लगानीकर्ताको साटो इन्जिनियरको रूपमा लिन्छन् ।

उनको बैंक खातामा डलरभन्दा धेरै प्रगतिको संसार छ । उनलाई थाहा छ कि उनको व्यवसायले झेल्ने हरेक अवरोधले नै सबैलाई सहयोग गर्दछ । जो त्यही समस्या समाधान गर्न कोशिस गर्दै छ । जुन सधै पनि भइरहेको छ ।

३) ठूलो सोच्न डराउनु हुँदैन
मस्कको व्यवसायकाबारे साँच्चिकै उल्लेखनीय केही विशेषता छन् । उनी चाहन्छन् कि कार उद्योगको क्रान्तिकारीपन, मंगल ग्रहको यात्रा तथा सुपर फास्ट ट्रेनहरू निर्माण गर्न, एआईलाई मानव मस्तिष्कमा एकीकृत गर्ने, सौर्य उर्जा र ब्याट्री उद्योगको अपग्रेड । यहाँ साझा चुनौती छ । उनका सबै परियोजनाहरु भविष्यका कल्पनाहरू हुन् ।

उनको विश्वास छ कि महत्वाकांक्षा अधिकांश कम्पनीहरूको प्रोत्साहनका कारण अगाडि बढेको छ ।

यदि तपाईं ठूलो कम्पनीका प्रमुख कार्यकारी अधिकारी हुनुहुन्छ र सामान्य कामका लागि आफूलाई लक्षित गर्नु भयो भने त्यो एक सामान्य सुधार मात्रै हुन्छ । र, यसले अपेक्षा गरेको भन्दा लामो समय खर्चिन्छ तर अपेक्षा गरेभन्दा राम्रो काम हुन सक्दैन भने यसको दोष कसैलाई दिन मिल्दैन । यो मेरो गल्ती थिएन, यो आपूर्तिकर्ताको गल्ती थियो भन्न मिल्दैन ।

उनी भन्छन, ‘धेरै कम्पनीहरु आफ्नो नयाँ उत्पादनलाई अगाडि बढाउने कल्पना गर्न हिम्मतभन्दा उनीहरूको अव्यवस्थित उत्पादनमा सानो सुधार गर्नमा ध्यान दिन्छन् ।’

४) जोखिम लिन तयार हुनुहोस्
कुनै पनि काम राम्रोसँग गर्नका लागि तपाईंसँग एउटा खेल भने सधै रहन्छ नै । मस्कले पनि खेलकैरुपमा अधिकभन्दा अधिक जोखिम उठाएका छन् । सन् २००२ सम्ममा उनले आफ्नो पहिलो दुईवटा उद्यमका होल्डिङहरु बेचेका थिए । एक इन्टरनेट सिटी गाइड जीप २ र अनलाइन भुक्तानी कम्पनी पेपाल उनले बिक्री गरेका कम्पनी थिए । उनी त्यतिबेला ३० को दशकमा थिए । त्यतिबेला उनको साथमा २०० मिलियन डलर थियो ।

उसको नयाँ कम्पनी शुरु गर्दा र हुर्काउँदा सबै प्रकारका समस्याको सामना गरेका थिए । स्पेसएक्सको पहिलो तीन प्रक्षेपण असफल भएको थियो भने टेस्लाका सबैै प्रकारको उत्पादनमा समस्या, आपूर्ति श्रृंखला, र डिजाइनका मुद्दाहरु पनि भोगेको थियो ।

तर उनले कम्पनीमा पैसा खन्याइरहन छाडेनन् । एक पटक त ऋणमै पनि डुबे । उनले साथीसँग पैसा सापटी समेत लिनु पुेको थियो ।

५) आलोचकहरूको कुरा नसुन्नुहोस्
उनी भन्छन् ‘स्पेसएक्स वा टेस्लाले पैसा कमाउने गरी जब मैले सेट अप गरे । र, सत्य हो कि अरू कसैले पनि गरेन । यसका लागि धेरैले आलोचना समेत गरे । तर उनी कहिल्यै डराएनन् । आलोचकका कुराहरु सुनेनन् । आलोचकहरु सहती कुराका आधारमा आलोचना गर्छन् । मानिसको सोचबारे विश्लेषण गर्न सक्दैनन् । यदि आलोचकहरुको आलोचना मात्रै सुन्ने हो भने आफ्नो सोचले आकार लिन सक्दैन ।

६) आफैमा रमाउनुहोस्
मस्कको सफलताको अर्को शर्त हो, आफैमा रमाउने । जस्तो सुकै समस्या आएपनि आफैमा रमाउन सकिए मात्रै त्यसबाट सफलता हात पार्न सकिन्छ भन्नेमा उनको विश्वास छ ।

गत वर्ष उनको कम्पनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि ६ वटा अन्तरिक्ष यान प्रक्षेपण गर्यो । जुन २०११ मा अन्तरिक्ष यान सेवानिवृत्त भएदेखि अमेरिकी भूमिबाट गरिएको पछिल्लो मिशन थियो ।

वर्ष डिसेम्बरमा उनको रकेट ठूलो धमाकाको साथ विस्फोट भयो । त्यसले केही सन्देह पैदा गर्यो । जुन पहिलो पटक मानवलाई मंगल ग्रहमा लैजाने विश्वास लिइएको छ ।

मस्कले परीक्षणलाई सफलताको रूपमा स्वागत गरेका थिए । अनेकन असफलता भोगेपनि आफनो काममा विश्वास गर्नु र निरन्तर लागिरहनु नै उनको विशेषता जस्तो देखिन्छ ।

अनेकन कानूनी उल्झनबाट पनि उनी बाहिर निस्केका छन् । मानिसहरु ठान्छन्, समस्यामा फसेपछि निस्कन गाह्रो छ । तर, मस्क निस्कन्छन् र अगाडि बढ्छन् । भएको पनि यस्तै छ । उनी भन्छन् सफलताको स्वाद भनेकै यस्तै हो  ।


क्लिकमान्डु