भूमि सम्बन्धि समस्या समाधान गर्न आयोग गठन



काठमाडौं । भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रयोजनका लागि भूमि सम्बन्धि समस्या समाधान गर्न आयोग गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन भएको आयोगको काम, कर्तव्य र अधिकार तोक्न आवश्यक रहेको भन्दै गठन गरेको हो ।

मन्त्रालयले उक्त गठन भएको आयोगमा एक अध्यक्ष, एक विज्ञसहित ४ जना सदस्य र एक जना सदस्य सचिव रहेको जनाएको छ । साथै, गठित आयोगमा एक जान महिला अनिवार्य हुुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै आयोगको विघटन अभएसम्म अध्यक्ष तथा सदस्यहरु आफ्नो पद बहाल रहनेछन् ।

 


क्लिकमान्डु