माघसम्म ३३ हजार भिसा जारी, अध्यागमन विभागले संकलन गर्यो पौने ३८ करोड बढी राजस्व



काठमाडौं । माघ महिनामा अध्यागमन विभागले १२ प्रकारका ७ हजार ५३६ वटा भिसा जारी गरेको छ । जसबाट विभागले ३ करोड ७६ लाख ९२ हजार ५०७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार माघ महिनामा मात्रै ८ जना विदेशी गरी चालु आवको माघ महिनासम्ममा १३१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ ।

विभागका अनुसार माघ महिनामा मात्रै पर्यटक भिसा ५ हजार २३९ वटा, पर्यटक थप भिसामा ९५१ वटा भिसा, व्यवसायिक भिसा २३८ वटा, बैवाहिक भिसा ११४ वटा, अध्ययन भिसा १३७ वटा, गैरआवासीय नेपाली भिसा ११६ वटा जारी भएका छन् ।

त्यसैगरी नाता भिसा ३८६ वटा, कामदार भिसा १६६ वटा, डिप्लोमेटिक भिसा ५५ वटा आश्रित भिसा १३४ वटा जारी भएका छन् ।

विभागका अनुसार चालु आवको माघ महिनासम्ममा १४ प्रकारका ३३ हजार २८६ भिसा जारी भएका छन् । जसबाट चालु आवको माघ महिनासम्ममा ३८ करोड ४ लाख ८३ हजार २६६ रुपैयाँ राजस्व संकलन भएको छ ।


क्लिकमान्डु