शुक्रबार १ हजारले घट्यो सुनको मूल्य, ३ दिनमा २७ सयले घट्यो
काठमाडौं । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज पनि ओरालो लागेको छ । गत मंगलबार प्रतितोला ९० हजार ९०० सय रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन ओरालो लागेर २७ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ११ सय रुपैयाँ घटेर ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, पुनः बिहीबार पनि प्रतितोला ६ सय रुपैयाँ घटेर ८९ हजार २०० रुपैयाँमा कायम भएको थियो ।
आज (शुक्रबार) पनि प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८९ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँ घटेर ८८ हजार २०० यस रुपैयाँ कायम भएको जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय ५९ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ कायम भएको छ ।