नेपालले भारतबाट कोरोनाविरूद्धको थप २० लाख डोज खोप किन्ने



काठमाडौं । सरकारले भारतीय कम्पनीसँग २० लाख डोज खरिद गर्ने भएको छ ।

यसका लागि सरकारले सार्वजनिक खरिद नियमावली एकपटकका हुने गरी संशोधन गर्ने समेत निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले यस २० लाख डोज खोप ल्याउनका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताए ।

उनका अनुसार यसअघि १० लाख डोज उपहार पाएकै कम्पनीमार्फत् थप २० लाख डोज खरिद गर्न लागिएको हो ।


क्लिकमान्डु