सुनको मूल्य घट्ने क्रम जारी, प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ११ रुपैयाँले घटेर करिब ८ महिनाको अघिको मूल्य कायम गरेको थियो । सोही अनुसार आज पनि मूल्य घट्ने क्रम जारी रहेको देखिन्छ ।

बुधबार सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु