बैंक अफ काठमाण्डूले अपाङ्गता संरक्षण नेपाललाई दियो १५० थान सेतो छडी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक प्रा. डा. हेमराज सुबेदी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई उक्त छडी हस्तान्तरण गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।