कर्जा बिस्तारमा फड्को मार्दै स्ट्याण्डर्ड चार्टर्ड, माघ महिनामा कुन बैंकले कति व्यापार बढाए



काठमाडौं । निक्षेप संकलन र कर्जा प्रवाहलाई सन्तुलनमा राख्न बैंकहरुले कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन घटाएका छन् । गत पुस मसान्तको तुलनामा माघ मसान्तमा १५ वटा वाणिज्य बैंकले निक्षेप संकलन घटाउँदा २ वटा बैंकले मात्र कर्जा प्रवाह घटाएका छन् भने २५ वटाले बढाएका छन् ।

नेपाल बैंकर्स संघद्वारा उपलव्ध तथ्यांकअनुसार सो अवधिमा बैंकहरुको व्यवसायी प्रगति राम्रो देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले एक महिनामै ५ अर्ब रुपैयाँले निक्षेप थप गर्दा ७४ अर्ब रुपैयाँले कर्जा प्रवाह थप गरेका हुन् ।

सो अवधिमा व्यवसायिक ग्रोथलाई प्रतिशतका आधारमा हेर्दा कर्जा बढाउनेको सूचीमा अग्रस्थानमा स्ट्याण्डर्ड चार्डट बैंक छ । त्यसैगरी दोस्रो स्थानमा सिभिल बैंक र तेस्रोमा लक्ष्मी बैंक छ ।

निक्षेप बढाउनेमा शीर्ष सिद्धार्थ बैंक अगाडि छ भने दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक छ ।

पछिल्लो समय कोरोना भाइरसको प्रभाव सामान्य हुँदै गएर अर्थतन्त्रले आफ्नो लय समाएपछि बैंकहरुमा कर्जाको माग बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘मानवीय गतिविधि पहिलेकै अवस्थामा फर्किदै छ जसकारण बन्द भएका उद्योग व्यवसायहरु सञ्चालनमा आएका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘अर्थतन्त्र चलायमान भएसँगै आयात निर्यात बढेको छ भने आयात र नयाँ परियोजनाको लागि कर्जाको माग समेत बैंकहरुमा बढिरहेको छ ।’

सरकारलाई पुस मसान्तमा तिरेको कर प्रयोजनका अधिकांश चेकको राफसाफ माघ महिनामा हुँदा सरकारको खातामा पैसा जादाँ बैंकहरुको निक्षेप घटेको उनले जानकारी दिए ।

माघ महिनामा कुन बैंकको व्यवसायीक ग्रोथ कस्तो ?

पुस मसान्तदेखि माघ मसान्तसम्म एक महिनाको अवधिमा ७ वटा बैंकले १ प्रतिशतदेखि २.७० प्रतिशत, ५ वटा बैंकले ०.२९ प्रतिशतदेखि ०.९६ प्रतिशतसम्म निक्षेप संकलन वृद्धि गरेका छन् । साथै १५ वटा बैंकले ०.१६ प्रतिशतदेखि ३.२९ प्रतिशतसम्म सो अवधिमा निक्षेप संकलन घटाएका छन् ।

साथै, पुस मसान्तको तुलनामा २५ वटा बैंकले ०.७८ प्रतिशतदेखि ७.०६ प्रतिशतसम्म माघ मसान्तमा कर्जा प्रवाह वृद्धि गरेका छन् । त्यसैगरी सनराइज बैंकले ०.२० प्रतिशत र एनएमबी बैंकले ०.६८ प्रतिशतले सो अवधिमा कर्जा प्रवाह घटाएका छन् ।

१) सिद्धार्थ बैंक
पुस मसान्तसम्म सिद्धार्थ बैंकले १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.७० प्रतिशतले बढाएर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा २.७२ प्रतिशतले बढाएर १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ ।

२) एभरेष्ट बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.६८ प्रतिशतले बढाएर १ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.९१ प्रतिशतले बढाएर १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।

३) सानिमा बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.१३ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ३.०८ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ ।

४) राष्ट्रिय वाणिज्य बैंक
पुस मसान्तमा बैंकले २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.०२ प्रतिशतले बढाएर २ खर्ब ४६ अर्ब ०२ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.७८ प्रतिशतले बढाएर १ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।

५) मेगा बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.९३ प्रतिशतले बढाएर १ खर्ब ३८ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.९६ प्रतिशतले बढाएर १ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।

६) एनएमबि बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.५२ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बैंकको कर्जा संकलन भने ०.६८ प्रतिशतले घटेको छ । पुस मसान्तमा बैंकले १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ कर्जा संकलन गरेकोमा माघ मासान्तमा ९७ करोड रुपैयाँले घटेर १ खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

७) कृषि विकास बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.१२ प्रतिशतले बढाएर १ खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.३१ प्रतिशतले बढाएर १ खर्ब ३३ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

८) ग्लोबल आइएमई बैंक
पुस मसान्तमा बैंकले २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.९६ प्रतिशतले बढाएर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.९२ प्रतिशतले बढाएर २ खर्ब १९ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।

९) सिभिल बैंक
पुस मसान्तमा बैंकले ७७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.६८ प्रतिशतले बढाएर ७८ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तमा ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ४.८५ प्रतिशतले बढाएर ७१ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।

१०) लक्ष्मी बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.५७ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, पुस मसान्तमा ९५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ४.३५ प्रतिशतले बढाएर ९९ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।

११) माछापुच्छ्रे बैंक
पुस मसान्तमा बैंकले १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.४९ प्रतिशतले बढाएर १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, पुस मसान्तमा १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ३.१९ प्रतिशतले बढाएर १ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

१२) सिटिजन्स बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ७ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२९ प्रतिशतले बढाएर १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, पुस मसान्तमा ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.९० प्रतिशतले बढाएर ९१ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।

निक्षेप संकलन, रू अर्बमा

निक्षेप घटाउने बैंकहरु
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमा १५ वटा बैंकले पुस मसान्तको तुलनामा निक्षेप संकलन माघ मसान्तमा घटाएका छन् । सो अवधिमा कर्जा संकलन बढाएका बैंकहरुले समेत निक्षेप संकलन घटाएका हुन् ।

१३) नेपाल बंगलादेश बैंक
पुस मसान्तमा बैंकले ७२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ३.२९ प्रतिशतले घटाएर ७० अर्ब ४४ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.२६ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ६२ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ६४ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो ।

१४) स्ट्याण्डर्ड चार्टर्ड बैंक
पुस मसान्तमा बैंकले ८६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.९७ प्रतिशतले घटाएर ८४ अर्ब २५ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ७.०६ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ५५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ५९ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको हो ।

१५) सेञ्चुरी कमर्सियल बैंक
पुस मसान्तमा बैंकले ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.७५ प्रतिशतले घटाएर ८३ अर्ब ८८ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.४४ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ७२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ७३ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको हो ।

१६) एसीसी बैंक
पुस मसान्तमा बैंकले १ खर्ब २ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.५४ प्रतिशतले घटाएर ९९ अर्ब ६१ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.६७ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ८२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ८४ अर्ब १९ करोड रुपैयाँ पुर्याएको हो ।

१७) प्रभु बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ७० अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.४६ प्रतिशतले घटाएर १ खर्ब ६६ अर्ब ४ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.५५ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको हो ।

१८) कुमारी बैंक
पुस मसान्तमा बैंकले १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.५९ प्रतिशतले घटाएर १ खर्ब २७ अर्ब ७८ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.१० प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको हो ।

१९) बैंक अफ काठमाण्डू
पुस मसान्तमा बैंकले ९२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.७२ प्रतिशतले घटाएर ९४ अर्ब ५६ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ०.१७ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ९१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ९१ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको हो ।

२०) एनआइसी एशिया बैंक
पुस मसान्तमा बैंकले २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.७२ प्रतिशतले घटाएर २ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ४.३० प्रतिशतले बढाएको छ । पुस मसान्तमा २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा २ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ पुर्याएको हो ।

२१) नेपाल बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.६१ प्रतिशतले घटाएर १ खर्ब ५० अर्ब ३० करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.१८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको हो ।

२२) हिमालयन बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.५० प्रतिशतले घटाएर १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.३८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ अर्ब १९ अर्ब ६० करोड रुपैयाँ पुर्याएको हो ।

२३) नेपाल एसबीआई बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२५ प्रतिशतले घटाएर १ खर्ब २ अर्ब ९६ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.८५ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ९२ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ९५ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको हो ।

२४) नबिल बैंक
पुस मसान्तमा बैंकले २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२३ प्रतिशतले घटाएर २ खर्ब ३ अर्ब ५ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.३८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ८४ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको हो ।

२५) सनराइज बैंक
पुस मसान्तमा बैंकले ९८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२१ प्रतिशतले घटाएर ९८ अर्ब २२ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ०.२० प्रतिशतले बढाएको छ । पुस मसान्तमा ८९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ८९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको हो ।

२६) नेपाल इन्भेष्टमेण्ट बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२१ प्रतिशतले घटाएर १ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.२८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ५२ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको हो ।

२७) प्राइम बैंक
पुस मसान्तमा बैंकले १ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.१६ प्रतिशतले घटाएर १ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.७९ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २७ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको हो ।

कर्जा प्रवाह , रू अर्बमा


क्लिकमान्डु