सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ११ सय रुपैयाँ घटेर ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८५० सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ४०० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु