फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई १५ दिनमा ८६.७८ करोड घाटा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एक सातामै दोस्रो पटक बढाएको छ । नयाँ मूल्यअनुसार निगमलाई घाटा भएको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको छ ।

मूल्य बढाए पनि निगमलाई १५ दिनमा ८६.७८ करोड रुपैयाँ घाटा छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५.८२ रुपैयाँ, डिजलमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा २९५.८३ रुपैयाँ घाटा छ ।


क्लिकमान्डु