टेस्लाले भारतको कर्नाटकमा कारखाना स्थापना गर्ने

413
Shares

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति समेत रहेका एलन मस्कले भारतको कर्नाटकमा टेस्लाको कारखाना स्थापना गर्ने भएका छन् ।

अत्याधुनिक सेवा सुविधा सहितका विद्युतीय गाडी टेस्ला उत्पादन गर्दै आएको उनको कम्पनीले अब भारतमा पनि कारखाना स्थापना गर्न लागेको हो ।

भारतको कर्नाटका सरकारले विद्युतीय कार उत्पादन गर्नका लागि टेस्लाले कारखाना स्थापना गर्न लागेको जानकारी दिएको छ । त्यहाँको सरकारले बजेटबारे जानकारी दिँदै उक्त कुरा सार्वजनिक गरेको हो ।

गत महिला विद्युतीय कार निर्माता कम्पनी टेस्ला मोटर्स इन्डिया र इनर्जी प्रालिले भारतको बैंग्लरुमा कम्पनी स्थापना गरेका थिए ।

त्यहाँका मुख्यमन्त्री बीएस ऐदियुराप्पाले ट्विट गर्दै भारतको बैंग्लरुमा कारखाना स्थापना गर्ने बताएका थिए । तर उनले उक्त ट्विट पछि डिलिट गरेका थिए । उनले ट्विटले टेस्लाकै कुरा गरेको हो वा होइन भन्न अझै स्पष्ट भएको छैन ।

यस विषयमा टेस्लाले स्पष्ट जानकारी दिएको छैन । तर मिडिया रिपोर्ट अनुसार एडियुरप्पाले सन् २०२१ को युनियन बजेट सार्वजनिक गर्दै अमेरिकी कम्पनी टेस्लालले कर्नाटकमा उत्पादन कारखाना खोल्ने बताएका थिए ।

यसअघि विभिन्न समयमा भारतमा कारखाना खोल्ने विषयलाई लिएर ट्विट गरिसकेका छन् ।– एजेन्सी