सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभरको नाफा ४४.६३ प्रतिशतले घट्यो



काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य भएको युनिलिभर कम्पनीको नाफा ४४.६३ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणका अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

गत आवको समीक्षा अवधिमा २३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १३ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको समीक्षा अवधिमा १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १९ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।


क्लिकमान्डु