सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

यसअघिका सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि सीइओ पद रिक्त थियो । ३ दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव संगालेका शर्मा यसअघि माछापुछ्रे बैंकमा सीइओ थिए ।

शर्माले सन् १९९७ नेपाल एसबीआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि एनएमबि बैंकमा शर्माले काम गरे । ग्लोबल आइएमई बैंकमा पनि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

नेदरल्याण्डबाट एमबिए गरेका शर्मा एमबिएको पनि गोल्डमेडलिस्ट हुन् ।


क्लिकमान्डु