ग्रीन लाइफको आइपीओमा १० लाख आवेदकको हात खाली हुने



काठमाडौं । ग्रीन लाइफ हाइड्रो पावरमा १३ लाख ३७ हजार जनाले आवेदन दिएका छन् ।

सेयर लगानीकर्ताले २ अर्ब ३९ करोड रुपैयाँ सेयर पाउन आवेदन दिएका हुन् ।

प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणको लागि मात्र ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गरको थियो ।

धितोपत्र बोर्डको बिक्री तथा निष्कासन व्यवस्था अनुसार प्रतिकित्ता १० दरले ग्रिन लाइफमा ३ लाख २५ हजार ५१६ जना आवेदकले १० कित्ता सेयर पाउने छन् । यस आधारमा हेर्दा १० लाख १ हजार ८३ जना आवेदकको हात खाली हुने देखिएको छ ।


क्लिकमान्डु