सामाजिक सञ्जालप्रति ओली सरकार कठोर बन्यो , नियमन गर्न निर्देशिका ल्याउँदै



काठमाडौं । कामचलाउन सरकारले सामाजिक सञ्जाललाई नियमन गर्नका लागि ‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धि निर्देशिका-२०७७ ल्याउने तयारी गरेको हो ।

सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भएको भन्दै सरकारले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमलाई नियमन गर्नका लागि निर्देशिका ल्याउने तयारी गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘सञ्चार क्षेत्रमा जुन प्रकारको स्वतन्त्रता ग्यारेन्टी गरेको छ । संविधानले दिएको हकको पूर्णपालना गर्न नेपाल सरकार प्रतिबद्ध पनि छ । तर पछिल्लो दिनहरुमा अभिव्यक्ति स्वतन्त्रताका आडमा छाडा, उत्तेजक र व्यक्ति केन्द्रित र सम्मानित अदालत र सम्माननीय राष्ट्रपतिका विरुद्ध केही अभिव्यक्ति दिने र त्यसलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यममा प्रकाशित गर्ने गरेको पाइएको छ,’ उनले भने ।

उनले लामो समयको राजनीतिक द्वन्द्वबाट उत्पन्न लोकतान्त्रि शासन प्रणालीमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेडतर्फ धकल्ने खालको अभिव्यक्ति र त्यसलाई प्रसारण गर्ने सञ्चारमाध्यमको कार्य खेदजन्य भएको बताए ।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना नै सञ्चालनमा भएका फेसबुक जस्ता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सञ्चालन सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

उनले कानून बमोजिम आवश्यक निर्देशिका बमोजिम जारी गर्न लागिएको उनले जानकारी दिए ।


क्लिकमान्डु