सरकारले कोरोना उपचारमा गर्यो १८ अर्ब १३ करोड खर्च



काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण र उपचारका लागि हालसम्म १८ अर्ब रुपैयाभन्दा बढी खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक समीक्षामा हालसम्म कोरोना महामारीको नियन्त्रण र उपचारका लागि सरकारले १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा हालसम्म ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

जसमध्ये संघले कुल ५ अर्ब ८४ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये बजेटरी खर्च अन्तर्गत हालसम्म ६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ, संघको कोरोना कोष खर्च अन्तर्गत २ अर्ब ४४ करोड ६ लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी प्रदेश अन्तर्गत २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ र स्थानीय तहले ८ अर्ब १० करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु