एमसीसी नयाँ संसदले पास गर्छ: अर्थमन्त्री



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बैशाखको निर्वाचनपछि बन्ने नयाँ प्रतिनिधिसभाले अनुमोदन गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दावी गरेका छन् ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक समीक्षामा बोल्दै अर्थमन्त्रीले पौडेलले एमसीसी जसरी पनि अुनमोदन हुने बताए ।

चालु आवको बजेटको बजेटबाट ८ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गरिएकोमा चालु आवमा २ अर्ब रुपैयाँ बिनियोजन गरिएको अर्थसचिव शिशिर ढुंगानाले बताए ।

‘एमसीसी अनुमोदनका विषयमा सरकारको धारणामा यथावत छ, सोही अनुसार काम अगाडि बढाइएको हो’ उनले भने ।

विघटित प्रतिनिधिसभामा एमसीसी अनुमोदनका लागि पेश नै हुन पाएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्न सहयोग नगरेको बताउँदै आएका छन् । नेकपाका ओली पक्षधरहरुले प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरा र सभामुख अग्नी सापकोटाले नै एमसीसी अनुमोदनका लागि पेश हुन नदिएको आरोप लगाउँदै आएका छन् ।

एमसीसी अनुमोदनलाई लिएर नेकपा पार्टीभित्रै पनि मतभेद रहँदै आएको छ । यसका लागि नेकपाले समिति गठन गरेरै एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन गरेको थियो ।


क्लिकमान्डु