निर्वाचनका लागि अर्थमन्त्रालयले आयोगलाई दियो ७ अर्ब



काठमाडौं । अर्थमन्त्रालयले आगामी बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

मंगलबार आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरिसकेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी आगामी बैशाखमा दुई चरणको निर्वाचन हुने घोषणा गरेकी थिइन् ।


क्लिकमान्डु