बैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं । प्रतिनिधिसभा बिघटन गरी बैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको सरकारले बैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले पहिलो चरणमा बैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा निर्वाचन गर्ने र दोस्रो चरणमा बैशाख २७ गते प्रदेश नम्बर १, बाग्मती र सुदुरपश्चिम प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु