सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार १५ सय रुपैयाँ बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु