शिवम् सिमेन्टको नाफा १६ प्रतिशतले बढ्यो



काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा बढाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १६ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले गत आवको समीक्षा अवधिमा ५० करोड ७७ लाख ५१ हजार ३७७ रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ५८ करोड ९६ लाख ७२ हजार ५५९ रुपैयाँ नाफा कमाएको हो ।

तर कम्पनीले गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने आम्दानी कम गरेको छ । गत आवमा ४ अर्ब ७० करोड ८७ लाख ३७ हजार ३७६ रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा भने जम्मा ४ अर्ब २९ करोड ८ लाख ४० हजार २११ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.८० छ भने प्रतिसेयर नेटवर्क २०३.८३, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८६.४४ र तरलता अनुपात १.३४ छ ।


क्लिकमान्डु