सिटिजन्स बैंक र कर्मभूमि समाजबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता भएको छ ।
सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।
दिगो विकासका लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न यस बैंकले सदैव मद्दत गर्दै आएका छ ।
नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोश, जागर, आर्जित सीप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।