सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त



काठमाडौं । । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सन्राइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । एसआइबिएम भारतकोे पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिइन् ।

एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गरेकी थिइन् ।

श्रीमती राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्घता व्यक्त गरिन् । संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमा उच्च व्यवस्थापकमा पुग्ने सिमित महिलामा राणा पुगेकी छन् ।


क्लिकमान्डु