‘स्मार्ट डोको’ले भ्यालेन्टाइन डेको अवसरमा ल्यायो ‘डोकोभरीको माया’ योजना



काठमाडौं । केही समय अघि मात्रै सञ्चालनमा आएको अनलाइन सपिङ साइट स्मार्ट डोकोले भ्यालेन्टाइन डेको अवसरमा ‘डोकोभरी माया’ योजना ल्याएको छ ।

जसमा ग्राहकहरुले प्रियजनलाई उपहार खरिद गर्दा छुटको पाउनेछन् । त्यसबाहेक कम्पनीको तर्फबाट १० जोडीलाई रोमान्टिक नाइट स्टे, डिनर भौचर तथा स्पाको कुपन पनि प्रदान गर्नेछ ।

त्यसबाहेक एक जना जोडीले उत्तरढोकाको भिल्ला ७२ मा लञ्च वा डिनर, २ जना जोडीले गैरीधारास्थित भोजघरमा क्लान्डललाइट डिनर, २ जना जोडीले पोखराको होटल चौतारीमा नाइट स्टे (२ रात ३ दिन)को प्याकेज, ३ जना जोडीले होटल बिराजमानमा लञ्च वा डिनर र २ जना जोडीले झम्सिखेलमा रहेको किञ्जला स्पामा स्पाका लागि उपहार पाउनेछन् ।

डोकोभरीको माया योजना अन्तर्गत पहिलो न्यूनतम १ हजारको सामान खरिद गर्ने ५० जना ग्राहकले निःशुल्क भ्यालेन्टाइन फेस मास्क पाउनेछन् भने १ रुपैयाँको खेल योजना अन्तर्गत उपहार समेत प्राप्त गर्नेछन् । योजना १४ फेब्रुअरीसम्म लागू हुनेछ ।

 


क्लिकमान्डु